नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना

परियोजना कार्यान्वयन इकाई, सिरहा

जोन (प्राविधिक इकाई, सप्तरी)


परिचय

      नेपाली सोच र नेपाल सरकारको बजेटमा आधारित २० बर्षे कृषि विकास रणनितिम्रे परिपुरकको रुपमा कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत १० बर्षिय प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना संचालन गरीएको छ । जस अन्तर्गत १६ वटा सुपर जोन (१००० हे.), १०४ वटा जोन (५०० हे.), ३३६ वटा ब्लक (१०० हे.) र २७७ बटा पकेट (१० हे.) गरि नेपाल अधिराज्य भरी कार्यालयहरु स्थापना भईहाल संचालनम्रा रहेका छन्‌ । जस मध्ये विषयगत रुपले तरकारी तजा आप जोन रौतहटमा संचालन छन खासगरी राष्ट्रिय प्राथमिकता र स्थानीय सम्भाव्यताका आधारमा तोकीएको पुर्वधारहरु जस्तै सडकको पहँच, विद्युतीकरण, सिचाई, यातायात साधनको पहुँच आपवृद्धि कार्यक्रम न्युनतम ५०० हे. मा खेती गरीएको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्रको रुपमा जोन कार्यालयहरुले कृषकहरुका लागि लाभान्वित होस उदेश्यले जोन विकास कार्यक्रम संचालन गदै आएका छन्‌ । कृषि क्षेत्रको आधुनिकीकारणमा योगदान पुर्याउने गरि जोनमा समावेश गरीएका बाली तथा बाली बस्तुको उत्पादन तथा उत्पादकत्व बृदि गर्न जोन स्तरमा कृषि यान्त्रिकरण, कृषि पुर्बाधार विकास एवम व्यावसाय प्रवर्दन, सिचाई तथा प्रारम्भीक प्रशोधन केन्द्रहरुको स्थापना मार्फत कृषि आधुनिकीकारणको आधार शिला तयार गर्ने जस्ता उद्देश्यरहेका छन्‌ । साथै जोन विकास कार्यक्रम संचालनमा सहजीकरण गर्न स्थनिय जोन विकास संचालक समितिको व्यवस्था रहेको छ ।

      कृषि क्षेत्रको उत्पादन र उत्पादत्व वृद्धि गर्ने स्पस्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्राविधिक तथा उत्पादन सामाग्रीको व्यवस्था, उत्पादनमा यन्त्रीकरण प्रशोधन तथा बजारीकरणको लागि आवश्यकपूर्वाधारको व्यवस्थाजस्ता क्रियाकलाप मार्फत कृषि क्षेत्रको आधुनिकरणको परिकल्पना परियोजनाले गरेको | यो जनशक्ति बाट स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार गरिएको कृषि विकास रणनीति कार्यान्वयनको सहयोगी परियोजना हो ।  

उद्देश्य

१. प्रमुख कृषि उपजहरुको विशिष्ठीकृत क्षेत्र निर्माण गर्ने, निर्यात योग्य कृषि वस्तहरुको मुल्य अभिवृद्धि गर्दै प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने |

२.कृषिलाई सम्मानजनक नाफामुखि व्यवसायका रुपमा विकास गर्दै |

३.रोजगारीका अवसरहरु सृजना गर्ने |

४.बहुसरोकारवाला निकायहरुबिचको कार्यमुलक समन्वय गर्नै |

५.प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने

६.व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) को स्थापना गर्ने

७.प्रतिफलमा आधारीत कार्यक्रम संचालन गर्ने

८.कृषि क्षेत्रको आधुनिकीकरणमा सहयोग पुर्याउने गरी जोनमा समावेश गरिएका

बाली वस्तुहरुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने । जोन क्षेत्रमा कृषि

यान्त्रिकरण, कृषि पुर्वाधार विकास एवम्‌ व्यवसायीकरण प्रवर्द्धन तथा प्रारम्भिक

प्रशोधन केन्द्रहरुको स्थापना मार्फत कृषि आधुनिकीकरणको आधारशिला तयार गर्ने |

 

योजना

..

© 2020 Copyright : परियोजना कार्यान्वयन एकाई, सिरहा, जोन (प्राबिधिक एकाई, सप्तरी)
Last Updated: 2021/05/10
Developed By: Ninja Infosys Pvt. Ltd.